
असार २० सुपादेउराली अनलाइन गुल्मी ।
गुल्मि जिल्लाको गुल्मिदरबार गाउपालिकाको बलिथुममा स्थापना गरियको रेसुङ्गा पन्चासे सामुदायिक बोयर ब्रिडरहर्ड (प्रजनन श्रोतकेन्द्र) को लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रित आयोजना सहयोग इकाइ बुटबलले बिउको शुद्ध नश्लको ३वटा बोयरजातको बोका हस्तान्तरण गरेको छ।
स्थानिय जनप्रतिनिधिहरु, गाउंपालिका पशु सेवा शाखाका प्रमुख , शहकारिका प्रतिनिधि र सामुदायिक ब्रिडरहर्ड मुल समितिका पदाधिकारिहरुको बिचमा आयोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत लोकराज भुसालले बोकाहरु मुल समितिका अध्यक्ष रतन बहादुर खड्कालाइ ३ वटा बाेयर बाेका हस्तानत्रण कागजातहरु सहित हस्तान्त्रण गर्नुभएको हो ।
साथै उक्त बोकाहरुलाइ हस्तान्त्रण संझौतापत्र बमोजिम राम्रो स्याहार संभार ,असल ब्यबस्थापन गरि पालन पोषण गरि उक्त क्षेत्रमा रहेका प्रजननयोग्य बाख्रामा प्रजनन गराइ बाख्राको जातिय तथा बंश सुधार गरि उत्पादन तथा उत्पादत्तत्व वृद्धि गर्न सहयोग पुग्नुको साथै कृषकहरुको आयआर्जनमा वृद्धि गराउने अपेक्षा रहेको बताउनु भयो।
कार्यक्रममा सामुदायिक बोयर बृडरहर्ड मुल समितिका अध्यक्ष रतन बहादुर खड्काले आयोजना बाट प्राप्त भएका बोकाहरुलाइ राम्रो संग पालन पोषण गर्ने र प्रजनन ब्यबस्थापन गर्ने प्रतिबद्धता सहित आयोजना प्रति आभार कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।