
टेकराज भुसाल
असार २१, सुपादेउराली अनलाइन बुटवल।
लायन्स क्लब अफ बुटवल बेलवास सिटीको पद हस्तान्तरण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ बुटवल बेलवास सिटीले एक कार्यक्रमका बिच पद हस्तान्तरण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको हो। लायन वर्ष २०२१/२२ को लागि अध्यक्ष लायन गोविन्द खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि 325B2 नेपालका second vice गभर्नर लायन नवराज न्यैपानेले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्लबले अस्पताल निर्माणको लागि जग्गा प्राप्त गरिसके पश्चात् उक्त जग्गाकाे संरक्षण गरि भोग चलन गरिसकेको अवस्थालाई प्रत्यक्ष अवलोकन गरि जग्गा व्यवस्थापन समितिका संयोजक पुरुषोत्तम बस्याललाई विशेष सम्मान प्रकट गर्नुभएको थियाे।
गभर्नर न्याैपानेले निर्माणको लागि आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा डिस्टिक चिफ एडभाइजर लायन उमङ्ग देवकोटा , डिष्टिक चिफ लायन दिपक कुमार श्रेष्ठ ,एरिया चिफ जीवन गौतम एक्टेन्सन चियर पर्सन राज केसी , संस्थापक अध्यक्ष शिवलाल उपाध्याय आइ पि पि उमलाल बन्जाडे मन्तव्य राख्दै क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै नवनिर्वाचित समितिलाई अझ थप सामाजिक सेवामा टेवा पुग्ने गरि लाग्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियाे।
नवनिर्वाचित वर्ष २०२१/२२का अध्यक्ष लायन गोविन्द खनालले आफ्नो कार्यकाललाई उदेश्यमूलक र उत्साहमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
प्रथम उपाध्यक्ष डि वि खत्रीले स्वागत मन्तव्य राख्दै क्लवको इतिहासको बारेमा जानकारी दिनुभएको थियोे।
कार्यक्रम सचिव लायन एल बि गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।