
असार २८ बुटवल । सर्वोच्च अदालतद्वारा संसद पुर्नस्थापनाको फैसलालाई स्वागत गर्दै बुटवलकाे ट्राफिक चाेकमा विपक्ष दलले दीप प्रज्वलन गरेका छन् ।
अदालतले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलको ट्राफिक चोकमा नेपाली कांग्रेस, माओवादी केन्द्र,नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चाका नेताहरूले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन गरेका छन् ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य कुलप्रसाद केसीले प्रतिगमनको परास्त भएको बताउँदै पाँच वर्षसम्म गठबन्धन मिलेर जाने बताए ।
त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले सर्वोच्च अदालतको निर्णयले संविधान र प्रजातन्त्रको रक्षा गरेको बताए ।
जसपा लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले केपी ओलीको प्रतिगमनले सर्वोच्चबाट परास्त गरेको भन्दै अब केही हदसम्म संविधानको रक्षा भएको बताए ।
त्यस्तै राष्ट्रिय जनमाेर्चा रुपन्देहीका सचिव टान बहादुर केसीले गत कालमा जस्तै अहिले पनि केपी शर्मा ओलीद्वारा पुनस्थापित संसदका विरुद्ध षड्यन्त्र हुन सक्ने भन्दै त्यसका विरुद्ध सावधान रहन गठबन्धनलाई आग्रह गरेका छन्।