गुल्मि को धुर्कोट मदानेमा एकीकृत बस्ति निर्माण अन्तिम चरणमा पुराएका छौ : कार्यलय प्रमुख टीका थापा

सुर्य भुसाल
साउन २ सुपादेउराली अनलाइन अर्घाखाँची ।
गुल्मी जिल्लाकाे धुर्काेट गाउँपालिकाकाे वाग्ला,मदाने गाउँपालिकाकाे खनियाँखर्क तथा काफलपाटामा निर्माणाधीन एकीकृत बस्तिको काम अन्तिम चरणमा पुगेको छ ।

काम अन्तिम चरणमा पुगेको र अनुगमन समेत तिब्र पारिएको डिएलपिअाईयु पाल्पा का प्रमुख ईन्जिनियर टीका थापाले जानकारी दिनु भयो कामको जिल्ला समन्वय समितिका प्रमुख , धुर्काेट र मदाने गाउँपालिकाका अध्यक्ष , प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय अधिकारी समेतबाट बस्तीकाे अनुगमन तथा निरिक्षण गर्नुका साथै ताेकिएकाे मापदण्ड अनुसारकाे निर्माण कार्य समयमै सम्पन्न गर्नकाे लागि आवश्यक निर्देशन तथा सुझाव दिनु भएको थियोे ।

गुल्मीको धुर्कोट गाउपालिका र मदाने गाउपालिकामा खन्टुयुपाटा काफलपमटा गरि ३० घर एकीकृत बस्तिको रुपमा निर्माण भएका छन DLPIU को पुर्वाधार निर्माण मा चार लाख घर निर्माणका लागि तीन लाख जग्गा खरिदका लागि २ लाख रकम गरि कुल नौ लाखको लगानिमा एक घर निर्माण हुने गर्छ सोही अनुसार बस्ती बिकास गर्न थालिएको हो । DLIPU पाल्पाले गुल्मी पाल्पा अर्घाखाँची गरि तीन जिल्लामा काम गरिरहेको छ भबन तर्फका सबै काम हरुको अनुगमन लाई तिब्र पारिएको भुकम्प पाल्पाका प्रमुख टीका थापाको भनाइ छ थापाले गुणस्तरीयता कमि नअाहोस भन्नका लागि अाफु सहितका कर्मचारी हरु दैनिक फिल्ममा परिचालन गर्ने गरेका छन सेवाग्राही ले निकै मनपराएका कार्यलय प्रमुख थापा भुकम्प को भबन हेर्ने गरि पाल्पा अाएपछि काम दुर्त गतिमा अगाडि बढेको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार