प्रतिपक्षमा बसेर देउवा सरकारलाई राजमोले सहयोग गर्छ : सांसद पौडेल

साउन ३ काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले देउवालाई विश्वासको मत दिएपछि पार्टी सरकारमा भने सहभागी नहुने बताइन् । उनले जनमोर्चाले प्रतिपक्षमा बसेरै देउवालाई रचनात्मक सहयोग गर्ने बताइन् ।

पौडेलले गठबन्धनको आवश्यकता अझै पनि रहेको भन्दै थप योजनासहित अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार