एमसीसी खारेजी गर्न स्वतन्त्र नागरिक समूहको माग

बुटवल, साउन ४ गते ।
जनताको भावना बिपरित काम नर्गन स्वतन्त्र नागरिक समूह नेपालले सरकारलाई आग्रह गरेको छ । नेपाली जनताको भावना बिपरित भित्रिएको एमसीसी खारेज गर्न स्वतन्त्र नागरिक समूह नेपालको माग छ । समूहका अध्यक्ष विश्वराज गैह्ेले सोमबार विज्ञप्ती जारी गरी सरकार पविरर्तन र व्यवस्थासंग केही सम्बन्ध नरहेको बताउंदै एम.सी.सी नेपालको हितमा नभएको बताउनुभएको छ ।

अध्यक्ष गैह्ेले जारी गरेको विज्ञप्तीमा देशघाती, जनबिरोधी, नेपालको प्रकृति र संस्कृति सिद्वाउने एमसीसी खारेजी हुनुपर्ने उल्लेख गरिएको छ । एमसीसी भित्राउन, पास गर्न सम्झौता गर्नका लागि सहयोग गर्नेहरु अपराधी भएको स्वतन्त्र नागरिक समूह नेपाल ठहर गरेको विज्ञप्तीमा बताइएको छ । सम्बन्धित क्षेत्रका सम्पूर्ण व्याक्तिहरुलाई एमसीसी.को प्रकृया नै बन्द गर्न आह्वान गर्दै वर्तमान सरकार र सम्माननीय प्रधानमन्त्री, सांसद सबैलाई अध्यक्ष गैह्ेरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अन्यथा नेपालका तीन करोड नागरिकको चाहाना विपरित एमसीसी सरकारले एमसीसी पास गरेमा वर्तमान सरकारका लागि परिणाम दुखद् बन्ने र सरकार राष्ट्रबाट बहिष्कृत हुन सक्ने बताइएको छ ।

स्वतन्त्र नागरिक समूह नेपालले एमसीसी खारेजीको माग गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई विज्ञप्ती पठाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार