नेपाल लाइभस्टक सेक्टर इनोभेशनद्वारा ढाकावाङ्गको प्रगति कृषक सहकारी संस्थालाई शुद्ध नश्लको (१००%) बोयर बोकाहरु हस्तान्तरण

टेकराज भुसाल
साउन ४ सुपादेउराली अनलाइन अर्घाखाँची। नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलले भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गकाे प्रगति कृषक सहकारी संस्था लिमिटेडकाे मातहतमा रहेकाे प्रगति सामुदायिक बाेयर ब्रिडर हर्ड भु.न.पा- २ लाई प्रजननका लागि शुद्ध नश्लको (१००%) ४ वटा बोयर बोकाहरु हस्तान्तरण गरेको छ।

हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख पिताम्वर भुसाल, आयोजना समन्वय प्रमुख पुरुषाेत्तम त्रिपाठी, पशु बिज्ञ केन्द्र अर्घाखाँचीका बिष्णु प्रसाद पाैडेल, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलका मुल्यांकन अधिकृत लाेकराज भुसाल, योजना अधिकृत खिमानन्द खनाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका नासु बिनाेद कुवर लगायतकाे उपस्थिति रहेको थियो।

समारोहमा बाेल्ने वक्तााहरुले उक्त बाेकाहरुलाई हस्तान्त्रण संझौतापत्र बमोजिम राम्रो स्याहार संभार ,असल ब्यबस्थापन गरि पालन पोषण गरि उक्त क्षेत्रमा रहेका प्रजननयोग्य बाख्रामा प्रजनन गराइ बाख्राको जातिय तथा बंश सुधार गरि उत्पादन तथा उत्पादत्तत्व वृद्धि गर्न सहयोग पुग्नुको साथै कृषकहरुको आयआर्जनमा वृद्धि गराउने अपेक्षा रहेको बताएका थिए।

कार्यक्रममा प्रगति कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष भुवानन्द भुसालले आयोजना बाट प्राप्त भएका बोकाहरुलाइ राम्रो संग पालन पोषण गर्ने र प्रजनन ब्यबस्थापन गर्ने प्रतिबद्धता सहित आयोजना प्रति आभार कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

 

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलले गत असार १० गते कृषकहरुलाइ सुपर नेपियर को बिरुवा, करिब एक हजार बाख्रालाइ पुग्नेगरि ,आन्तरिक तथा बाह्य परजिबि नियन्त्रणका लागि औषधि र बाख्राको तौल ब्यबस्थापनको लागि एउटा अटोमेटिक तौलने मेसिन समेत  हस्तान्तरण गरेको थियो।

सहकारीको ब्यबस्थापन र आयोजनाको सहकार्यमा सामुदायिक बोयर ब्रिडर हर्डमा बिउको लागि शुद्ध नश्लको बोका तथा माउबाख्रा राख्नको लागि सुधारियको बाख्राको खोर निर्माणको लागि आयोजनाबाट शहकारिको ब्रिडरहर्ड मुल समिति बिभागबाट सिफारिस गरिए बमोजिम ३० जना बाख्रापालक कृषकहरुकाे खोर सुधारको लागि ६ लाख समेत उपलब्ध गराएको थियो।

हस्तान्तरण समारोह प्रगति कृषक सहकारी संस्था लिमिटेड भु.न.पा.- १ र २ ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाल काे अध्यक्षतामा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार