ट्रेड युनियन अर्घाखाँची ले प्रकाशन गरेको वृत्ति नामक पुस्तक -२०७८ एक भब्य समारोहबीच विमोचन

सुर्य भुसाल
साउन ६ सुपादेउराली अनलाइन । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँची ले प्रकाशन गरेको वृत्ति नामक पुस्तक -२०७८ एक भब्य समारोहबीच विमोचन गरिएको छ ।

पुस्तक को अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेलले बिमोचन गर्दै नेपाल भरिमै कर्मचारी हरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँची शाखा काम गराईका हिसाबले अब्बल रहेको बताउदै यस्ता खालका रचनात्मक कामहरु निरन्तर गर्न आग्रह गर्नु भएको छ पौडेलले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति अर्घाखाँचीले प्रकाशन गरेको यो पुस्तक लोकसेवा का लागि उपयुुक्त सामाग्री बन्न सक्ने बताउदै सचिब सहसचिव हरुले लेखेका पाठ्यसामग्री बाट उप -सचिव, शाखा अधिकृत लगायतका लोकसेवा आयोगको जाँच दिने हरुका लागि निकै उपयोगी हुने हिसाबले ज्ञानवर्धक तथा प्राज्ञिक पुस्तक वृत्ति-२०७८ निकै उपयुुक्त रहेको बताउदै सो पुस्तक सबैले अध्यान गर्नु पर्नेमा जोड दिनु भएको थियोे ।

जिल्लामा विभिन्न नमुना योग्य कामहरु गर्दै आईरहेको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले प्रकाशन गरेको उक्त पुस्तकमा नेपाल सरकार का सचिब सहसचिव उपसचिव विशिष्ट श्रेणीका अनुभवी तथा दक्ष कर्मचारीहरुको लोक सेवा आयोगका पाठ्यक्रममा समावेश गरिएका विषय वस्तुमा आधारित ३६ वटा लेख समेटिएको पुस्तकमा देख्न सकिन्छ भने पुस्तकमा ८ जना पूर्व सचिव, १० जना सह-सचिव र १८ जना उप-सचिवहरुका लेखहरु समाबेस गरिएको जिल्ला अध्यक्ष झबिन्द्र खनाले बताउनु भयो ।

विमोजन कार्यक्रममा भुमिका स्थान नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत कर्मचारी मिलन केन्द्र का अध्यक्ष उपसचिव खिम बहादुर राना जिल्ला अदालतका श्रेस्तेदार उपसचिव महेस खनाल नेपाल निजामती कर्मचारी युनियन सघ का जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओसन निजामती कर्मचारी सगठनका जिल्ला अध्यक्ष सिला पोख्रेलले सिबिएको खुलेर प्रशम्सा गर्दै आधिकारिक ट्रेड युनियनलाई यस्ता रचनात्मक क्रियाकलाप गर्न र निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल लगाएतले शुभकामना दिएको कार्यक्रममा पाणिनि क्याम्पसका उपप्रध्यापक माधवराज चुँदालीले टिप्पणी गरेका थिए भने कार्यक्रममा बोल्ने वक्ताहरुले आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको प्रशम्सा गर्दै कार्यक्रम निरन्तरता को शुभकामना ब्यक्त गरेका थिए सिबिएका अध्यक्ष अध्यक्ष झविन्द्र खनालले यस्ता रचनात्मक क्रियाकलाप गर्नमा देशमै एक नम्बरको आधिकारिक ट्रेड युनियन भएको बताउँदै विगतमा पनि नि:शुल्क लोक सेवा तयारी कक्षा लगायतका सेवा प्रवाहका क्षेत्रमा विभिन्न क्रियाकलाप गरिएको र भविष्यमा पनि सबैको साथ र सहयोगबाट अझै नयाँ र रचनात्क क्रियकलापहरु गर्ने दाबि गर्नु भएको छ।

पुस्तक सम्पादन तथा प्रकाशनका संयोजक कृष्ण वर्माले पुस्तक प्रकाशनमा अहोरात्र खटिने सम्पूर्णलाई विशेषा धन्यवाद व्यक्त गर्दै पुस्तक प्रकाशनमा अध्यक्षको लगाव खटाई र प्रमुख जिल्ला अधिकारीको पृष्ठपोषण र सहयोगले मात्र संभव भएको कुरा राख्दै पुस्तक प्रकाशसनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउनु हुने पूर्व पदाधिकारीहरु लगायत सम्पूर्णलाई धन्यवाद दिनु भएको थियोे।

कार्यक्रम विकल्प भट्टराईको स्वागत सचिव विवेक पन्तको संचालन अध्यक्ष झविन्द्र खनालको अध्यक्षता सम्पन्न भएको थियो ।

साथै उक्त कार्यक्रममा यस जिल्लामा सरुवा भई हाजिर भएका भएका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री छत्रदेब गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त कृर्षि ज्ञान केन्द्र का अधिकृत टिकाराम न्यौपाने लाई सहितका विभिन्न कार्यालयमा आउनु भएका नवआगन्तुकहरुलाई स्वागत समेत गरिएको थियोे।
सिबिएले जिल्लामा आउने र सरुवा भई जाने कर्मचारी हरुलाई स्वागत तथा बिधाई जिल्लामा प्रबेस गर्ना साथ जिल्ला को पहिचान झल्कने खालका होडिङ बोर्डहरु समेत ठाउठाउमा राखेर पहिचान कायम गर्न सफल भएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार