प्युठानमा वैकल्पिक सिकाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

धुर्ब गिरी
साउन ६ सुपादेउराली अनलाइन प्युठान ।
नेपाल शिक्षक महासंघ प्यूठान, प्रविधिमैत्री शिक्षक समाज प्यूठान र जिल्ला स्तरीय परीक्षा समिति प्यूठानको संयुक्त आयोजनामा वन्दावन्दी अवस्थामा सिकाइ सहजिकरणका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल शिक्षक महासंघ प्यूठानका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशबराज आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

शिक्षक महासंघ प्यूठानका सह अध्यक्ष शोभाराम भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज प्यूठानका अध्यक्ष ध्रुब गरीले सिकाइ सम्भावनाका उपाय सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै प्यूठान जिल्लाका ९ स्थानीय तहले हालसम्म वैकल्पिक सिकाइमा गरेका प्रयासको यथार्थ चित्रण गर्दै हालसम्म शिक्षकसंग कुनै पालिकाले पनि सहकार्य नगरेको बरु सिकाइ सहजिकरणको लागि आएको बजेट फ्रिज गरेको तर शिक्षक आफैले योजना वनाउन लागेकोले पालिकाले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र ४ प्रकारका उपायहरु मोवाइल, टि.भि.रेडियो, अनलाइन र समुदाय भेटघाट अवलम्वन गरी सिकाइ सहजीकरण गर्न सकिने बताउनु भयो।

अध्यक्ष गिरिले सिकाइ सहजीकरणका लागि शिक्षक तयार हुनुपर्ने र स्थानीय तहले पनि जिम्मेवारी बहन गरेमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो।

उक्त अन्तरक्रियामा स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर राेकाय, गौमुखी गाउपालिका शिक्षा प्रमुख ओमहरी पोख्रेल, प्यूठान नगरपालिकाबाट विष्णु पोख्रेल र झिमरुक गाउँपालिकाबाट मोहनसिंह वि.सी.ले कार्यपत्रमा धारणा राख्नुभएको थियो।
अन्तमा सहभागिबाट उठेका जिज्ञासामा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य चक्रपाणि पौडेलले जवाफ दिनुभएको थियो।

उक्त कार्यक्रममा गतवर्ष मल्लरानी गाउपालिकाले मात्रै सिकाइ सहजिकरणमा योगदान गरी शिक्षकको प्राविधिक दक्षता वृद्धि गर्न सामग्री प्रविधिमैत्री शिक्षक समाजलाई उपलब्ध गराएको र यस वर्ष माण्डवी गाउँपालिकाले सबै विद्यालयलाई सामग्री हस्तान्तरण गरेको र नौबहिनी गाउपालिकाले विद्यालयलाई रकम निकासा दिएको तर अरु कुनै पालिकाले सो सम्वन्धमा केही योजना नवनाएको बरु शिक्षकहरु स्वतस्फुर्त रुपमा विभिन्न सिकाइका योजना निर्माण र कार्यान्वयनमा लागि परेको कुरा कार्यपत्रमा समेटिएको थियो ।

राज्यले गर्नुपर्ने कार्य यो कार्यक्रमले गरेको भन्दै पत्रकार महासंघ प्यूठानका सभापति सञ्जय रिजालले प्रशंसा गर्नुभएको थियो । जुम अनलाइनमा सम्पन्न कार्यक्रममा करिव २०० शिक्षकको उपस्थिति थियो भने कार्यक्रमको सञचालन शिक्षक महासंघ जिल्ला सचिव जानका के.सी.ले गर्नुभएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार