
साउन ११ अर्घाखाँची । अर्घाखाँची जिल्लाका सबै खोप केन्द्रहरुमा साउन १४ र १५ गते अमेरिकाले अनुदानमा दिएको कोरोना बिरुद्दको जोनसन एण्ड जोनसनको खोप लगाइने भएको छ।
जिल्लाका सबै खोप केन्द्रहरुमा आगामी साउन १४ र १५ गते अमेरिकाले अनुदानमा दिएको कोरोना बिरुद्दको जोनसन एण्ड जोनसनको खोप लगाइने भएको हो ।
जोनसन एण्ड जोनसनको खोप बिदेश जान तयारी गरेकाहरु, क र ख बर्गका अपाङ्ग र ५० वर्ष नाघेका नागरिकले लगाउन सक्ने छन् ।
जोनसन एण्ड जोनसनको खोप बिदेश जान तयारी गरेकाहरुले पासपोर्ट र भिसाको आधारमा, क र ख बर्गका अपाङ्गले आधिकारिक प्रमाणपत्रको आधारमा र ५० वर्ष नाघेका नागरिकले नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने अन्य प्रमाणपत्रको आधारमा लगाउन पाउने बताइएको छ ।