अर्घाखाँचीमा गरिबी, प्रेम सम्बन्ध, घरेलु हिंसाका कारण आर्थिक वर्ष २०७७/०७८ मा ८० जनाले गरे आत्महत्या

सागर महत
साउन ११ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ८० जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये १२ जना गरिबीका कारण, ९ जना प्रेम सम्बन्धका र अन्यले मानसिक तनाव, घरेलु हिंसा लगायतका कारणले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आत्महत्याका घटनाहरु बढ्दै गएपछि स्थानीय तह तथा विद्यालयहरुमा सचेतना कार्यक्रम गर्ने तयारी गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार