
साउन १३ गुल्मी । गुल्मीमा सवारी दुर्घटना भएको छ । बुधबार विहान करिब ११ बजे भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने जीपमा सवार अन्य घाइते भएका छन् । मुसीकोट नगरपालिका–४ दोभानबाट निस्ती खोलामा झरेको हो। जिप सडकबाट ५ सय मिटर तल खसेकाे छ।
घटनाको खबर पाछि जिल्ला प्रहरी कार्यालयबाट आफ्नो नेतृत्वमा प्रहरी घटनातर्फ जाँदै गरेको प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।