साउन १३ सुपादेउराली अनलाइन अर्घाखाँची । पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका नेता चन्द्रबहादुर खड्का (उज्वल)ले अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई हातपात गरेका छन् ।
खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई हातपात गरेका हुन् । साथै खड्काले अस्पताल परिसरमा डा. गौतमलाई ८ मिनेट एम्बुलेन्समा थुनेका थिए ।
खड्काले डिउटीमा रहेको डा. पूजा पन्त माथि पनि अब्रद्र व्यहार गरेका थिए ।