
साउन १४ सुपादेउराली अनलाइन । अर्घाखाँची जिल्लामा पर्सी साउन १६ गते राती १२ बजेदेखि लकडाउन हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकका अनुसार साउन १६ गते राती १२ बजेदेखि कडा लकडाउन हुने भएको हो । लकडाउन साउन ३० गते राती १२ बजेसम्म जारी रहने छ ।
यस्तै सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात , बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने भएका छन् । साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ ।
कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५१९ जना पुगेको छ ।
यसअघि दशौ साउन २० गते बुधवार राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थपिएको थियो । अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात, बैंक तथा वित्तीय संस्था खुलेका थिए ।
साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ ।
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या पछिल्लो पटक फेरी बढेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।