नेपाल लाइभस्टक सेक्टर इनोभेसनको सहयोगमा बाणगंगा नगरपालिकाको पशुसेवा शाखालाइ भबन हस्तान्तरण

साउन १६ सुपादेउराली अनलाइन बुटवल ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजनाको आर्थिक तथा प्राबिधिक सहयोग र बिकेन्द्रित आयोजना सहयोग इकाइ बुटबलले बाणगंगा नगरपालिका पशुसेवा शाखालाई एक समारोहका बिच भवन हस्तान्तरण गरेको छ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसनको आयोजनाको आर्थिक तथा प्राबिधिक सहयोग र बिकेन्द्रित आयोजना सहयोग इकाइ बुटबलको समन्बयमा निर्माण गरियको बाणगंगा नगरपालिका पशुसेवा शाखा भबनको एक समारोह बिच आयोजनाका बरिष्ठ योजना अधिकृत बिश्वनाथ गौतमले नगर प्रमुख मंगल प्रसाद थारुलाइ हस्तान्तरण गर्नुभएको छ।

भवनको कागजातहरु बुझ्दै नगरप्रमुखले आयोजना बाट हस्तान्त्रण गरियको पशु सेबा शाखा भवनबाट पशुपालक कृषकलाई असल पशु स्वास्थ सेवा प्रवाह गर्न निकै मद्दत पुग्ने बताउदै सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।
कार्यक्रंममा नगर उपप्रमुख चक्र अर्यालले अब यस भवनबाट ब्यबस्थित पशुस्वास्थ सेबा प्रवाह गराउने प्रतिबध्धता प्रकट गर्दै आयोजनाको समग्र परिबारप्रति धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कपिल्बस्तु जिल्ला स्तरिय दुग्ध उत्पादक सहकारि संजालका संयोजक राधेश्याम न्यौपाने,आयोजना समन्बय प्रमुख डा पुरुसोत्तम त्रिपाठी , प्रमुख प्रशासकिय अधिकृत बासु खनाल, पशुसेबा शाखा प्रमुख राज कुमार तिबारिले नबनिर्मित पशुसेवा शाखा भवन बाट प्राबिधिक सेबालाइ ब्यबस्थित गर्न निकै मद्दत पुग्ने बताउनु भयको थियो। अन्तमा कार्यक्रमका अध्यक्ष यबं आयोजनाका प्रतिनिधि बरिष्ठ योजना अधिकृत विश्व गौतमले विषम परिस्थितिमा पनि सबैको यसप्रकारको सहकार्यप्रति हार्दिक धन्यबाद दिंदै भबिश्यमा पनि सहकार्यको निरन्तरताको अपेक्षा सहित कार्यक्रमको समापन गर्नु भएको थियो।

उक्त कार्यक्रम पशु चिकित्सक एवम् अनुगमन मुल्याङकन अधिकृत लोकराज भुसालको सहजिकरणमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार