ज्यान बचाउने की परिक्षा दिने,दोधारमा छन् कक्षा-१२ का बिद्यार्थीहरु

काठमाडौं । सरकारले यहि साउन ३१ गते देखि कक्षा -१२ को परीक्षा संन्चालान गर्ने निर्णय गरे संगै काँधमा जिम्मेवारी  र सुनौलो भविष्यको लागि  ठुला- ठुला सपना बोकेका विद्यार्थिहरु यति बेला अनमलमा परेका छन्।

एसईईका विद्यार्थीलाई  बिना परिक्षा राम्रो अंकमा पास गराउने, अनि कक्षा-१२ का विद्यार्थीलाई चाँही दिनानुदिन कोरानाको संक्रमित दर बढिरहेको अवस्थामा पनि परीक्षा संन्चालन गर्ने?  ‘यो त कसैलाई काखा कसैलाई पाखा भएन र’ के हामिलाई चाँही  डर छैन, कि यो कोराना भाइरसले एसईई को विद्यार्थीलाई लाग्ने अनि कक्षा -१२ को लाई चाँही नलाग्ने भनेको छ? परिक्षार्थिहरु  यस्ता कयौं गुनासाहरु पोख्छन्।पछिल्लो केही दिन यता संक्रमणदर उच्च भइरहेको छ।  यसरी माहामारी  दिन प्रतिदिन बढिरहदा सरकारले जस्तोसुकै स्वास्थ्य  मापदण्ड अपनाए पनि कुनै लछारपाटो  लगाउने अवस्था देखिदैन ।  किनकी रोगलाई नियन्त्रण  गर्ने कार्यमा सरकारले  निगरानी गरेको पाईदैन।

बैशाखमा हुनु पर्ने परिक्षा सारेर श्रावणको अन्तिममा पुर्याइएको छ  तर यो अवस्थामा अब सारेको परीक्षा पनि  संचालन गर्न सक्ने छाँटकाँट  देखिंदैन। यदि परिक्षा गरेर कुनै विद्यार्थीलाई कोराना लागेमा त्यसको जिम्मा कसले लिने? एउटा विद्यार्थीबाट आफ्नो परिवार,परिवारबाट समाज अनि समाज बाट देश नै आक्रान्त हुन कति नै समय लाग्छ र? यदि त्यस्तो हुने हो भने हाम्रो देश पनि पहिलो लहरको अमेरिका र इटाली जस्तो भए यसको जिम्मा कसले लिने?  आखिर विधार्थिको स्वास्थ र भविस्य संगको खेल कहिले सम्म हो सरकार?

करिव ३ महिना अघिसम्म अस्पतालमा अक्सिजन  त पुर्याउन सकेको थिएन अक्सिजन नपाएकै कारण  र  बेड अभावमा कयौंले ज्यान गुमाएको  सारा विश्वले नै देखेको हो । पछिल्लो समयमा पनि अस्पतालका बेडहरु भरिन थालेका  समाचार आइ रहेको छ। परिक्षाका नाममा सक्रमणले  भयावह  स्थिति र महामारी  फैलिएर एकदमै अप्रिय परिस्थिति सिर्जना हुँने सम्भावना व्यापक छ।

तसर्थ कक्षा-१२ को विद्यार्थिलाई पनि प्री बोर्ड र कक्षा-११ को नतिजाका आधारमा अर्थवा एसईई को जस्तै आन्तरिक मुल्यांकनको आधारमा अंक दिदा उत्तम  हुनेछ। त्यसैले अब सरकारले विद्यार्थिको स्वास्थ लाई मध्यनजर राख्दै यस प्रती सकारात्मक कदम चाल्न कत्ती पनि ढिला गर्नु नहुँने भएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार