अजय केसी
साउन २५ सुपादेउराली अनलाइन भुमिकास्थान। अर्घाखाँची सम्पर्क समिती ( यु.ए.ई ) का अध्यक्ष तथा माउण्ट एभरेष्ट ट्राभल्सका (ओनर) कृष्ण भुसालद्वारा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको प्रगतिशिल युवा क्लबका भलिबल खेलाडी हरुलाई खेल सामाग्री तथा जर्सी हस्तान्तरण गर्नुभएको छ।
गाउँ स्तर बाट नै भलिबल खेलको बिकाश गर्ने उदेश्यले खेलाडी हरुलाई हौसला स्वरुप सामाग्री प्रदान गरेको बताउदै कृष्ण भुसालले आफू प्रदेशमा रहेपनि खेल बिकाशको लागि आफू जतिबेला पनि जहाँ पनि आफुले सक्ने सहयोग गर्न कहिलै पछी नपर्ने बताउनु भयाे।
भुसालले सबै खेलाडी हरुलाई प्रगतिको कामना गर्दै खेल खेल्दै आफ्नो नाम चर्चामा पुराउनु भन्दै सुभकामना दिदै प्रगतिशिल युवा क्लब भु.न.पा- ४ का अध्यक्ष अजय केसीलाई हस्तान्तरण गर्नुभएको हो।