संयुक्त विद्यार्थी संगठनद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड

साउन २६ बुटवल ।
बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल(क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका हुन् ।

तोडफोडपछि विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्तिमा एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’तर्फका एमबीएस-एफ र एमबिए-बीएफको प्रवेश परीक्षा फारम खुलाएका कारण क्याम्पस प्रशासनमा तोडफोड भएको बताइएको छ । विज्ञप्तीमा भनिएको छ-“लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनरत थियो । तर त्यसलाई बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस-एफ र एमबीए-बीएफको प्रवेश परीक्षा फारम खुलाएर हाम्रो अवज्ञा गरेको हुँदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको छ ।” विद्यार्थीहरुले क्याम्पसमा भएको क्षतिको जिम्मेवार क्याम्पसको संचालक समिति हुने बताएका छन्।

क्याम्पस प्रमुख डा ताराप्रसाद उपाध्यायले क्याम्पसको प्रवेशद्धारसंगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा र परीक्षा शाखामा विद्यार्थीहरुले क्षति पुर्याएको बताए । विद्यार्थीहरुले त्यहाँ रहेका कम्प्युटर र कुर्सी तोडफोड गरी महत्वपूर्ण कागजातहरुमा समेत क्षति पुर्याएको उनको भनाई छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार