लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले राजीनामा दिँदै

साउन २७ बुटवल । लुम्बिनी प्रदेशका थप २ जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका कृषिमन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।

कृषि मन्त्री यादवले आफू बाहिर भएको र पाण्डेय अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा पत्र तयार गरिसकेको दाबी गरे। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले राजीनामा दिइसकेका छन्।

उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए। सांसद्‌बाट पदमुक्त तीनै जनाको मुद्दा सर्वोच्चमा विचाराधिन छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार