बिएस्सी नर्सलाई अधिकृत र स्टाफ नर्सलाई सुब्बा सरह सुविधा दिन सांसद विकको माग

साउन २९ काठमाडौं–स्वास्थ्य सेवाका क्रियाशिल नर्सिङ कर्मचारीको सम्मानजनक सुविधा नभएको भन्दै संसदमा आवाज उठेको छ ।

संघीय संसदको बिहिबार शून्य समयमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले नर्सको सुविधा बढाउन माग गरे ।

‘विरामीको उपचारमा असल चिकित्सकको भूमिका जति महत्वपूर्ण हुन्छ त्यसको दोब्बर भूमिका नर्सको हुन्छ ।’ उनले भने, ‘अधिकांश सरकारी अस्पतालमा स्तरीय सुविधा हुँदा हुँदै पनि असल नर्सको अभाव छ । तर महंगा निजी अस्पतालमा कम सुविधामा काम गरिरहेकाछन् ।’

उनले नर्सको योग्यता हेरेर अधिकृत र नायव सुब्बा सरहको सुविधा उपलब्ध गराउनुपर्ने उनको सुझाव थियो ।

‘यही अवस्था आएका असल नर्सहरू विदेशिने संभावना छ । कम्तीमा बिएस्सी नर्सलाई अधिकृत सरह र स्टाफ नर्सलाई नायव सुब्बा सरह सुविधा कायम गर्ने व्यवस्था गरिनुपर्दछ ।’ उनले भने ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार