नेकपा (एमाले) कपिलवस्तुका युवा नेता अर्याल नेपाली कांग्रेसमा प्रवेश

दिवसराज पौडेल
साउन ३१ सुपादेउराली अनलाइन कपिलवस्तु ।
विगत लामो समय देखि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राजनीति गर्दै आएका युवा नेता राजेन्द्र अर्याल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

वर्तमान परिस्थिति मा एमाले मा देखिएको किचलो बाट विरक्त भएर नेपाली जनता को पार्टी नेपाली कांग्रेस प्रवेश गरेको उनले बताए।

कार्यक्रम मा तरुण दल नगर सभापती सुरेन्द्र सेन (सुरेश) सेन ले पार्टी सदस्यता हस्तान्त्रण गर्दै तरुण दल नगर सचिव को जिम्मेवारी प्रदान गर्नु भएको छ।
कार्यक्रम मा तरुण दल नगर सभापती सुरेश सेन , उद्योग वाणिज्य विभाग का केन्द्रीय सदस्य तिलक राम पाण्डे , युवा नेता बिशाल अधिकारी लगायत को उपस्थिति रहेको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार