अर्घाखाँचीमा भेरोसेल र कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाउन छुटेकालाई भदौ ४ र ५ गते लगाईने

साउन ३२ अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालको खोप केन्द्रमा कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ र ‘कोभिशिल्ड’ को पहिलो डोज लगाई दोस्रो मात्राको खोप लगाउन छुटेकाहरुलाई यही भदौ ४ र ५ गते लगाईने भएको छ ।

अर्घाखाँची जिल्ला अस्पतालको खोप केन्द्रमा कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ को पहिलो डोज लगाएकालाई साउन २८ र २९ गते र ‘कोभिशिल्ड’ साउन ३१ र ३२  गते दोस्रो मात्राको खोप लगाउन छुटेकाहरुलाई यही भदौ ४ र ५ गते लगाईने भएको हो ।

उता जिल्लाका सबै खोप केन्द्रमा अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

१८ वर्षभन्दा माथि १ लाख १४ हजार ७ सय ५ जना जनसंख्या रहेको अर्घाखाँचीमा हालसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जस अनुसार जिल्लामा १८ वर्षभन्दा माथिका ७७ हजार ९ सय ८८ जना खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले दिएको जानकारी अनुसार जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका ९ हजार एकसय २५ जना कोभिसिल्ड र ११ हजार पाँचसय १ जना भेरोसेल खोपको पर्खाईमा छन्। जिल्लामा भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाएका छन्। त्यसमध्ये ३ हजार आठसय ९ जनाले दोस्रो मात्रा लगाइ सकेका छन्।

पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्। चाईनिज खोप ‘भेरोसेल’ को पहिलो मात्रा १४ हजार ६ सय ३३ जनाले लगाइ सकेका छन् भने ३ हजार एकसय ३२ जनाले दोस्रो मात्रा पनि लगाएका छन्। ११ हजार पाँचसय १ जना अहिले पनि दोस्रो मात्राको खोपको पर्खाइमा छन्।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार