प्युठानको मल्लारानी ३ का युवाले विभिन्न माग राख्दै भेटे लुम्बिनी प्रदेशका मन्त्री खड्कालाई

टेकराज भुसाल
भाद्र १ सुपादेउराली अनलाइन अर्घाखाँची । प्युठान जिल्ला मल्लारानी गाउँपालिका ३ नम्बर वडाका युवाहरुले विभिन्न माग राख्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कृष्णध्वज खड्कालाई भेटेका छन्। 

प्युठानको कृषि उत्पादनमा कोषेढुङ्गाको रुपमा रहेको छापेखोलामा उत्तरी तर्फ बर्बोटको पाखो हुनेगरि चुंजाठांटी देखि बुद्धदेवीसम्मको कृषि सड़क बनाउन पहल गर्ने लगायतका माग राख्दै मंगलबार लुम्बिनी प्रदेश आर्थिक मामिला तथा याेजना मन्त्रीलाई मन्त्रालयमा भेटेर माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य हरि पाैडेल, अखिल (क्रान्तिकारी ) पुर्व केन्द्रीय सदस्य विष्णु शर्मा र माओवादी (केन्द्र) भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष वाबुराम खनालले ९ बुदे माग लागेका हुन्।                                                  मागहरु:                                                       १) पुर्वी प्युठानको कृषि उत्पादनमा कोषेढुङ्गाको रुपमा रहेको छापेखोलामा उत्तरी तर्फ बर्बोटको पाखो हुनेगरि चुंजाठांटी देखि बुद्धदेवीसम्मको कृषि सड़क बनाउन पहल गरिदिनुहुन ।

२) च्यानटारी देखि चौरपानीसम्मको करिब ३ कि.मि बाटो स्तरउन्नती गर्ने सम्बन्धमा ।

३) मल्लरानीकै सबै भन्दा ठुलो, सबै जनताको पायक पर्ने समसानघाटमा सव दहन गृह तथा प्रतिक्षालय बनाउने सम्बन्धमा ।

४ । अहिले चलिरहेको प्युठान डट कम कम्प्युटर इन्टिच्युटलाई बहु प्राविधिक शिक्षालय बनाउन पहल गर्ने सम्बन्धमा ।

५) घरेलु उद्योग सञ्चालन गरि रोजगार प्रवर्दन गर्ने सम्बन्धमा ।

६) मल्लरानी – ३, जेविन्डाँडामा नहेको श्री तिल्लरी आधारभुत विद्यालयको भवन जिर्ण र विद्यार्थिका लागि निकै खतरापुर्ण रहेकोले आवश्यक भवन निर्माण गर्ने सम्बन्धमा ।

७) चुंजाठाँटी- बान्ना मोटरबाटो स्तरउन्नती गर्ने सम्बन्धमा ।

८) चुंजाठाटी- बर्बोट हुँदै खलङ्गा जाने वैकल्पिक सडकको चुजाठाटी – धरम्पानी खण्डको स्तरउन्नति गर्ने सम्बन्धमा ।

९) चुंजाठाँटी युवा क्लबले सञ्चालन गर्ने गरि खेलकुदको कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार