भाद्र ३ सुपादेउराली अनलाइन बुटवल । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना , बिकेन्द्रित आयोजना सहयोग इकाइ बुटबलले बुधबार एक समारोहका बिच रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा न.१३ मधौलिया स्थित तृशा पशुपालक समूहसंग रु २ करोडको लागतमा सन्चालनमा ल्याइने स्वच्छ दूध उत्पादनका लागि ब्यबसायिक भैसि पालन उपआयोजना संचालन गर्नेगरि आयोजना समन्बय प्रमुख डा.पुरुषोत्तम त्रिपाठी र प्रस्तावक तर्फबाट सन्चालक दिपशिखा घिमिरे बिच आयोजनाका प्रतिनिधिहरु र उपआयोजना प्रस्ताबक संस्थाका पदाधिकारिहरुको रोहभरमा कार्यान्वयन संबन्धि दुइपक्षिय संझौता सम्पन्न भएको छ।
उपआयोजनामा कुल लागत २करोड मध्ये ४०लाख प्रस्ताबक संस्थाको लगानि, रु६०लाख सिध्दार्थ बैकको ऋणलगानि र रु १करोड नेपाल सरकार कृषि तथा पशुपन्छि बिकास मन्त्रालय मातहतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट अनुदान प्रबाह गरिने छ।
उपआयोजनाका कार्यहरु २०७९-०७-३०गते भित्र सम्पन्न गरिने र उपआयोजना सन्चालनमा आएपछि ६०वटा उन्नत मुर्रा भैंसी पालन गरि दैनिक ६०० लिटर दूध बजारमा उपलब्ध गराउने लक्ष राखियको छ।