विप्लव निकट अखिल ( क्रान्तिकारी ) बिद्यार्थी तथा मजदुर परिवारलाई राहत वितरण

अमृता अधिकारी
बैशाख २३, बुटवल । नेपाल कम्युनिस्ट पाटी (विप्लव) निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले कोरोना भाइरस संक्रमणले लकडाउन लम्बिइरहंदा बुटवल आसपास भाडामा बस्ने बिद्यार्थीहरू तथा मजदुर परिवारलाई राहत वितरण गरेको छ। खाद्यान्न अभाव झेलिरहेका बिद्यार्थीहरू तथा मजदुर परिवारलाई राहत स्वरुप चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो।करिब तीन दर्जनलाई राहत वितरण गरिएको सो संगठनका जिल्ला सदस्य पवन ज्ञवालीले जानकारी दिए। यसैबीच केही समय अगाडी सो संगठनले डेरामा बस्ने विद्यार्थीलाई राहात वितरण गर्न आव्हानसमेत गरेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार