अर्घाखाँचीमा जङ्गली जनावरको आतङक बढेपछि किसानहरु निरास

सुर्य भुसाल
भाद्र ५ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्लाको विभिन्न ठाउहरुमा जङ्गली जनावरहरुकाे आतंक बढेपछि किसानहरु निरास बन्दै गएका छन्।

जिल्लाकाे सन्धिखर्क, सितगङगा, भुमिकास्थान, पाणिनि, मालारानि र छत्रदेवका किसानहरु बादर, बदेल र दुम्सि आतंक बाट निकै मर्कामा परेका छन् । धेरै जसाे ठाउमा बादरले आतंक गरेपछि स्थानिय सरकारहरुले पनि बादर बँदेल लाई धपाउन विभिन्न प्रयास गरेता पनि ती प्रयास सफल हुन नसकेको स्थानिय जनप्रतिनिधि हरु बताउछन । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको मालारानि ५ का बिस्णु क्षेत्री को भनाइ छ ।

अर्घाखाँची का अधिकाम्स ठाउमा लगाएको मकै र फलफूल दिउसोमा बादरले रातिमा बँदेल दुम्सिले खाएपछि किसान चिन्तित बनेको पाणिनि गाउपालिकाका ईन्सु मिया बताउछन।
बर्ष दिनसम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएपछि किषानहरु मर्कामा परेको भुमिकास्थान ९ ढिकुराका सन्तोष भुसाल को भनाइ छ । वादर ले घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ’, फेरि रातिमा बदेलले डाठ समेत खानेगरेको भुसालको भनाइ छ । बाँदर बदेलले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको कारण किषानहरु बिस्तापित हुनपर्ने अबस्था आएको भुमिकास्थानका किषानहरु बताउछन ।

बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य हुन लागेका छन खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतङ्कित बनेका हुन् ।बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको स्थानीयवासी पिताम्वर खनालको भनाइ छ ‘साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ’ खनालले , भने, ‘हिउँदका समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ तर बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।’पहिले पहिले पनि बाँदर आउने गरेको थियो तर अहिलेको जस्तो धेरै दुःख दिने गरेको थिएन ज्येष्ठ नागरिक कृस्न प्रसाद भुसालले चिन्ता ब्यक्त गरे । ‘म बुढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु’, उनले भने । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेको उनको गुनासो छ धेरै वर्षात् भएपछि बाँदर बास बस्नका लागि नजिकै को जङगलमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार