प्यूठान उद्योग वाणिज्य संघद्वारा पूर्वअध्यक्ष नकर्मीको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

जुमानसिंह के सी
भाद्र ६ सुपादेउराली अनलाइन प्युठान
प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका पूर्व अध्यक्ष तथा समाजसेवी ६६ वर्षका निम नारायण नकर्मीको २०७८ बैशाख ३० गते महामारी रुपमा फैलिएको कोरोनाका कारण मृत्यु भएको थियो।

प्यूठान उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष स्वर्गिय निम नारायण नकर्मीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नकर्मीको मृत्यु एक महिना नपुग्दै कोरोनाका कारण उहाकी धर्मपत्नीको समेत मृत्यु भएको थियो।
२०४८ सालमा स्थापना भएको प्यूठान उद्योग वाणिज्य संघको संस्थापक सचिव हुदै अध्यक्ष पदमा रहि संघलाई महत्त्वपूर्ण योगदान गर्नुभएका नकर्मी हाल संघको संरक्षक समितिम रहेर संघको सस्थागत विकासमा उहाले पुर्याउनु भएको योगदानको उच्च कदर तथा सम्मान गर्दै उहाले संघ र सामाजिक क्षेत्रमा देखाएको मार्गदर्शनलाई संघले सदैव पालना गर्ने संघका अध्यक्ष केदारमान कक्षपतिले बताउनु भयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, जिल्ला समन्वय समिती प्युठानका उप प्रमुख पदम थापा लगाएतले बोल्नु भएको थियो। संघका पदाधिकारी, व्यावसायि लगाएतको सहभागितामा श्रद्धाञ्जली ब्यक्त गरिएको हो।

स्व. निमनारायण नकर्मीका भिनाजु शुवास चन्द्र लवटद्धारा उहाको जीवनि समाजका विभिन्न क्षेत्रमा दिएको योगदान र भूमिकाको चर्चा गर्दै संक्षिप्त जीवनी समेत प्रस्तुत गर्नु भएको थियो।

दिवङ्गत हुनु भएका नकर्मीले उधोग वाणिज्य संघको अलवा प्युठान क्याम्पस, महेन्द्र मा वि, नेत्रज्योति संघ, रेडक्रस सोसाईटी, स्वर्गद्वारी क्यम्पस, खलंगा बजार समिति आदिको नेतृत्व समेत गर्दै आउनु भएको थियो।
कार्यक्रम प्यूठान उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपतिको अध्यक्षता संचालन महासचिव कृष्णभक्त गिरिले गर्नु भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार