‘तालिबानको सत्तामा महिलाहरु बच्चा जन्माउने मेसिन मात्रै हुनेछन्’

एजेन्सी । अफगानिस्तानमा जन्मिएकी अभिनेत्री वारिना हुसैनले तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरुलाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

उनले तालिबानको राजपछि अफगानी महिलालाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने र युवाहरुको मानसिकतामा घृणा र बदलाको भावना मात्र भरिने बताएकी हुन् ।

रिपोर्टका अनुसार अभिनेत्रीले युनाइटेड नेशनलाई महिलाहरुको सुरक्षाका लागि अपिल गरेकी छन्

अफगानिस्तानको वर्तमान अवस्थाले २० वर्ष पहिले युद्धको समयमा उनीसहित उनका परिवारलाई देश छोड्न बाध्य बनाइएको क्षण याद आएको उनले बताएकी छन्  ।

टीओईमा प्रकाशित एक रिपोर्टका अनुसार देश छोड्नु वारिना र उनको परिवारका लागि निकै पीडादायी क्षण थियो । उनले अहिलेको समय पनि २० वर्ष अगाडिको त्यही समय जस्तै भएको बताएकी छन् ।

उनी एक दशकदेखि भारतमा बस्दै आएकी छन् । उनले राम्रो जीवन बाँच्नका लागि एउटा देशबाट अर्को देशमा जानु निकै मुश्किल भएको बताएकी छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार