अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा सबैभन्दा बढी बेथिती

भिम बिसी

अर्घाखाँची । अर्घाखाँचीका ६ स्थानिय तहमध्ये भुमिकास्थान नगरपालिकामा सबैभन्दा बढी बेथिती देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा देखिएको बेरुजुमध्ये भुमिकास्थान नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको हो । लेखा परीक्षण हुँदा भुमिकास्थानमा २ करोड १५ लाख ८९ हजार बेरुजु देखिएको छ ।

१ अर्ब ५ करोड ३४ लाख ७३ हजार कुल रकम मध्ये २ करोड १५ लाख ८९ हजार बेरुजु देखिएको छ । २.०५ प्रतिशत रकममा बेथिती देखिएको हो । गत वर्ष नगरको बेरुजु अवस्था सुधारोन्मुख देखिएपनी यो वर्षको लेखा परिक्षणमा जिल्लाका ५ स्थानियतहलाई पछि पारेको छ ।

विकास निर्माणका काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको छ । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि भुमिकास्थान नगरपालिकाको बेरुजु बढेको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार