एजेन्सी । हामीलाई थाहा छ कि डाक्टरको सल्लाह बिना औषधि खानु हुँदैन । तर सामान्यतय टाउको दुखेदेखि झाडावान्ता हुँदा भने कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ जस्तै भइसकेको हुन्छ र यस्तो भएमा हामी आँफै पनि औषधि खाने गरेका छौं ।
हामीमध्ये कतिपयले याद गरेका हुँदैनौं कि कुनै औषधिमा विशेष संकेत पनि हुन्छ भनेर । तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी यस्तो संकेत कोरिएको हुन्छ । यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ ।यसरी औषधीमा कोरिएको रातो धर्काको अर्थ – डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने।