
शारीरिक सम्पर्कलाई सक्रिय बनाउन भियाग्रा जस्ता औषधिहरुको प्रयोग गर्ने गरिन्छ। यसले यौन क्षमता कमजोर भएका पुरुषहरुको यौन क्षमता बढाउँछ । चिकित्सकले कमजोर यौन क्षमता भएका पुरुषहरुलाई भियाग्रा खाने सल्लाह दिन्छन् । तर, चिकित्सकले भियाग्राको प्रयोग सुरक्षित मान्दैनन्।
भियाग्राको प्रयोग गर्ने पुरुषहरुमा बाहिरोपनको समस्या आइरहेको छ । ब्रिटेनमा भियाग्रा प्रयोग गर्नेहरुले पछिल्ला पाँच वर्षमा धेरै प्रकारका समस्याहरु झेल्नुपरेको बताएका छन् ।
प्लेब्वाई बोस नामका एक चर्चित ह्युग हेफनरले एक पटक धेरैवटा भियाग्रा सेवन गरेका थिए जसको कारण उनमा बहिरोपना आएको थियो । सन् २०१७ मा ९१ वर्षको उमेरमा निधन भयो।
अन्य प्रयोगकर्ताहरुले उनीहरुको गोप्य अंगमा समस्या आएको बताए । उनीहरुले लामो समयसम्म पीडा महसुस गरेको बताए।
रिपोर्टका अनुसार जेनरिक भर्जन सिल्डेनाफिल र भियाग्रासँग जोडिएका ५४३ साइड इफेक्ट छन्। यो आंकडाका सन् २०१७ पछि पीरियडलाई कभर गर्छ।
भियाग्रा लिनेहरुलाई बान्ता हुने, बेहोश हुने, पेट फुल्ने, कम्मर दुख्ने, कन्फ्युजन र स्मरणशक्ति घट्ने जस्ता साइड इफेक्ट देखिए ।
यसका साथै, अर्का एकजना प्रयोगकर्ताले आँखाको रोशनीमा समस्या परेको पनि बताए । यसको प्रयोगपछि शरीरका विभिन्न अंगमा निलो निलो दाग देखिन थाले । भियाग्राको मात्रा बढी भएमा अन्धोपना पनि आउने चिकित्सकले बताएका छन् ।