संघीयता सम्बन्धि सबै प्राबधान खारेज गर्नुपर्दछ मसाल महामन्त्री: सिंह

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले कोरोना भाइरसको रोकथाम,आर्थिक संकटको समाधान र बिदेशमा रोजगारी गुमाएर नेपाल आउने नेपालीहरुलाइ रोजगारी दिन कृषि र उद्योगको बिकास समेतका लागि संघीयतामा भैरहेको खर्च मा कटौती गर्नुपर्दछ ।

संघीयताको प्रधान पक्ष भनेको प्रादेशिक संरचना नै हो। त्यसमा भैरहेको ठुलो धन रासी देशका लागि अनावश्यक बोझ नै हो।त्यसमा कटौती गर्ने बित्तिकै कोरोना भाइरसले पैदा गरेको समस्याको समाधान वा देशको बिकासका लागि धेरै मद्दत पुग्ने छ।

विभिन्न प्रदेशहरुमा राजधानीका लागि बनेका भवनहरु लाई क्वारेन्टाइन ,अस्पतालहरु वा विभिन्न सामाजिक कामकालागि उपयोग गर्न सकिने छ।
राजधानी हरुको निर्माणकालागि छुट्याइएको ठुलो धनराशि विभिन्न सामाजिक सेवा वा स्थानीय तहको बिकासमा खर्च गर्न सकिने छ। निश्चयनै , संघीय प्रादेशिक संरचनालाइ खारेज गर्नुको अर्थ स्थानीय तहलाई निशेध गर्नु होइन । स्थानीय तहलाई अरु अधिकार सम्पन्न र मजबुत गराउनुपर्दछ र उनीहरुको बजेट बढाउनु पर्दछ ।

प्रादेशिक संरचनालाई खारेज गरेपछि स्थानीय तहको बिकासको बजेट मा कैयौं गुना वृद्धि हुन सक्नेछ ।त्यसबाट देशको सर्वाङ्गिण बिकासमा धेरै नै मद्दत पुग्नेछ । संघियतालाइ खारेज गर्नका लागि संविधानमा भएका संघीयता सम्बन्धि सबै प्राबधान हरुलाइखारेज गर्नु पर्दछ ।

मोहनविक्रम सिंह ।
महामन्त्री, नेकपा मसाल
स्रोत : उज्यालो नेपाल

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार