युवाहरुलाई युग परिर्वतनका संवाहक भनेर भनिन्छ । तर, नेपाली राजनीतिमा भने युवाहरुको सहभागिता खोइ ? भनेर प्रश्न गर्नुपर्ने अबस्था छ। यही समयमा दैलेखमा एकजना १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली काँग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् ।
दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । वडा तहका अधिकांश नेतृत्वमा ४० नाघेकाहरू वर्चश्व भइरहेका बेला उनको निकै प्रशंशा भइरहेको छ । यसबेला काँग्रेसको १४ महाधिवेशनले देशभरकै राजनीतिक माहौल तातिरहेको छ । सोही अभियान अन्तर्गत देशभर वडा अधिवेशन चलिरहेको छ । शुक्रबार स्वस्तिकाको नेतृत्वमा कार्यसमिति घोषणा गरिएको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् ।
२०५८ सालमा जन्मिएकी स्वस्तिका बुबाको राजनीति र उनको बाटोमा रहेर राजनीतिमा आएको बताउँछिन् । एसईई सम्मको अध्ययन गरेकी उनी १९ वर्षमै नेपाली काङ्ग्रेसकाे वडा सभापति बनेकि छिन्।