अर्घाखाँचीका एक युवकको मोटरसाइकल दुर्घटनामा परि मृत्यु

गुरुदेव खनाल
भाद्र २० सुपादेउराली अनलाइन अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान वडा नम्बर – १ साम्नेगाउँका युवक राजेश गमालको सडक दुर्घटना परि निधन भएको छ।

बिगत केहि बर्षदेखि बुटवलको बुद्वनगरमा होटल व्यवसायी गर्दै आएका २४ बर्षिय युवा राजेश गमालको भाद्र १९ गते साँझ पुर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तुको बडगाउँ र पिपराको सडकमा मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु भएको हो ।

बिपरित दिशा बाट आईरहेको होन्डा साईन र राजेश गमालले चलाएको २२० सीसिको पल्सर बाईक एकआपसमा ठोक्किँदा राजेश गमालको घटनास्थलमै मृ’त्यु भएको छ भने अर्का मोटरसाइकल चालक गम्भीर घाईते रहेको प्रहरी श्रोतले जनाएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार