
टेकराज भुसाल
भाद्र २२ अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग राख्दै आज देशव्यापी रुपमा बिराेध प्रदर्शन गरेको छ ।
‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै जनमोर्चाले देशव्यापी रुपमा प्रदर्शन तथा खबरदारी सभा गरेको हो ।
विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै जनमाेर्चाका नेताहरुले एमसीसी परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनु पर्ने र एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायलाई खबरदारी जारी राख्न अनुरोध गरेका छन्।