गुमाएका अभिभावकका सम्झनामा मानव सेवा आश्रमलाई सहयोग

टेकराज भुसाल
भाद्र २७ सुपादेउराली अनलाइन बुटवल।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष लाेकराज भुसाल र अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष कमला बन्जाडे (भुसाल)ले स्वर्गीय हजरबुवा तारा प्रसाद भुसाल , बुवा चुरामणि भुसाल ,जेठाबुवा टिकराम भुसाल , माइला बुवा टुल्किराम भुसाल तथा ससुरा बुवा कुलानन्द बन्जाडेको सम्झनामा मानवसेवा आश्रम बुटवललाई सहयोग गरेका छन् ।

सम्झनामा भुसाल दम्पतीले मानब सेवा आश्रममा रहेका ८१ जनालाई एक छाक भोजनमा सहयोग गरेका छन् ।सामाजिक सेवामा क्रियाशिल भुसाल दम्पतीले फजुल खर्च बचाएर गुमाएका अभिभावकका सम्झनामा मानब सेवा आश्रमलाई सहयोग गरेको बताए ।

मानवसेवा भन्दा ठुलो अरु कुनै सेवा छैन्, उनले भने, फजुल खर्च गर्नु भन्दा यसलाई मानव हितमा खर्च गर्दा राम्रो हुन्छ भन्दै सहयोगको अवसर प्रदान गर्ने मानव सेवा आश्रमप्रति हृदय देखि आभार व्यक्त समेत गरेका छन्।

उक्त अवसरमा मानव सेवा आश्रम बुटवलका शेरबहादुर केसीले मानव सेवाको लागि भुसाल दम्पतीले गर्नु भएको सहयोग र दिनु भएको साथ अतुलनिय रहेको भन्दै धन्यवाद व्यक्त गरेका छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार