
असाेज ३ बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं ) रुपन्देहीको १९ औं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ।
सम्मेलनले सागर बेल्वासे अध्यक्ष रहेकाे ११ पुर्ण र ४ वैकल्पिक सदस्यीय अखिल (छैठौं) जिल्ला समिति रुपन्देही चयन गरेको छ।
जस्काे उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिवमा मिलन परियार, सहसचिवमा टेकराज भुसाल, काेषाध्यक्षमा बिमल खरेल र सदस्यहरुमा क्रमशः अफ्ताफ आलम, दिपा बिक, सागर जङ्ग क्षेत्री, क्षितिज क्षेत्री, त्रिर्सना श्रीनेत र शितल केसी रहनुभएकाे छ।
त्यस्तै वैकल्पिक सदस्यहरुमा क्रमशः लक्ष्मण बन्जाडे, कल्पना क्षेत्री, सचिन परियार र अभिनाष खड्का रहनुभएकाे छ।
सम्मेलनले सराेजमान सिंह, अशोक शर्मा, सन्तोष केसीलाई सल्लाहकार समितिमना चयन गरेको छ।
शैक्षिक निजीकरण, उदारीकरण, संघियता र Mcc विरुद्ध हाम्रो आन्दोलन वैज्ञानिक र जनवादी शिक्षाका लागि १९ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनकाे राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियाे।