
आश्विन ९ बुटवल। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
विदेशस्थित नेपालीको मताधिकार, भारतमा लागु गरिएको आधार कार्ड लगायतका विषयलाई लिएर एकता समाजको प्रतिनिधि मण्डलले २०७८ असोज ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ज्ञापन बुझाएको थियो ।
समाजका अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेल, राजमो नेता आनन्द शर्मा र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कार्यालय सचिव प्रकाश थापामगर सम्मिलित प्रधिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधि मण्डलसित १२ बुँदे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले अन्य देशका नेपालीहरूको मताधिकारको व्यवस्था गर्दा भारतलाई पनि नछुटाउने बताउनुभएको छ।