पशुपंछि र कृषि ब्यबसायलाई प्राथमिकतामा राख्न ज्ञापनपत्र

बुटवल । लुम्बिनी प्रदेसमा कृयाशिल पशुपंछि पालन तथा कृषि ब्यबसायमा संलग्न ब्यबसायिक संघ तथा पशु÷कृषि सेवामा समर्पित पेशाकर्मीहरुको एक प्रतिनिधि मण्डलले विभिन्न माग राख्दै बिहीबार मुख्यमन्त्रिको सचिवालय, आर्थिक मामिला मन्त्रिको सचिबालय, कृषि मन्त्रालय, प्रदेस योजना आयोगका उपाध्यक्ष तथा प्रदेसका मुख्य सचिब र कृषि सचिवलाई ज्ञापनपत्र  बुझाएको छ ।

नेपाल व्यवसायीक बाख्रापालक संघ, दुग्ध उत्पादक सहकारि संघका, नेपाल भेटेरिनरि एसोसियसन लुम्बिनि प्रदेस, नेपाल एनिमल साइन्स एसोसियसनका, नेपाल पाराभेटेरिनरि एण्ड लाइभस्टक एसाेसियसन लगायतका २२ संगठनमा आवद्ध रहेको प्रतिनिधि मण्डलले कृषि तथा पशुपालन ब्यबसायको सेवा प्रबाहलाई प्रभावकारि बनाउन तथा जनउत्तरदायि बनेर कृषकहरुको प्रमुख पेशालाई प्रबिधि र प्राबिधिक सेवाको पहुच सरल र सहज बनाउन सरकारले प्राथमिकताकासाथ संबोधन गर्न आग्रह गरेको प्रतिनिधि मण्डलमा सहभागी अखिल नेपाल ट्रड युनियन महासंघका अध्यक्ष तथा प्राविधिक लोकराज भुसालले बताउनु भयो ।

ज्ञापनपत्रमा प्रदेशको समृद्धि र बिकासको लागि महत्वपुर्ण भुमिका खेल्ने पशुपंछि पालन ब्यबसाय र कृषि ब्यबसायलाई प्राथमिकता दिएर प्रदेसको आय तथा रोजगारिमा मेरुदन्डको भूमिका निर्वाहा  गर्दै जिडिपिमा २७% योगदान गरिरहेको कृषकहरुको प्रमुख पेशालाई संरक्षण गर्न भनिएको छ ।

प्रबिधि र प्राबिधिक सेवाको  पहुँच सरल र सहज बनाउन, यस क्षेत्रमा लगानी बृद्धि  गर्न,  कृषि खाद्य प्रबिधि मन्त्रालय लुम्बिनी प्रदेशको मातहतमा राख्न, १२ वटै जिल्लामा पशुपंछि तथा मत्स्य बिकास कार्यालय तथा कृषि बिकास कार्यालयहरु छुट्टाछुट्टै  संचालन गर्न, प्रत्येक वडा तहमा कृषि र पशु सेवाका प्राबिधिक जनशक्ति खटाई सेवा प्रवाह बिस्तार गराउन आवश्यक भएको भन्दै प्रदेशको नीति तथा कार्यक्रममा समावेस गरि वजेट स्वीकृत गर्न ध्यानाकर्षण गराएको नेपाल पशुपंक्षि औषधि व्यवसायी संघका प्रदेश अध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो ।

 

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार