लालटिनको १४ औं नियमित रक्तदान सम्पन्न

टेकराज भुसाल
आश्विन १२ बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार १४औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।

सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक यज्ञप्रसाद उपाध्यायले जानकारी दिनुभयाे।

१४औं रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको जानकारी दिँदै संयोजक उपाध्यायले अगामी दिनमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका बरिस्ठ प्राविधिक राधा शर्मा र संयोजक यज्ञप्रसाद उपाध्यायको विशेष उपस्थित रहेको थियो।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार