“म कुन खुसी मा दिप बालु सरकार ?”

“ऋतु के सी”
जुन दिन सिमाना मा आफ्नो देस को आभास गर्न नसकेका हजारौ नेपाली दाजुभाई दिदीबहिनीहरु ले देस को माटो कुल्चने छन,जुन दिन अरब का खाडी मा देस फर्कन पाऊ भनेर गुहार मागेका नेपालीहरु ले देस को माटो कुल्चने छन,जुन दिन कुबेत इजरायल र युरोप का हजारौं उत्पीडित नेपाली हरुले देस को माटो कुल्चने छन ,जुन दिन सन्सार भर पसिना र रगत बेचेर पेट पालेका नेपाली हरु आफ्नो माटो कुल्चने छन,जुन दिन दुई छाक पेट भरी खाने छन ति मजदुर ज्यामी र निमुखा हरु ले त्यहि दिन दिप बाल्नेछू सरकार।म कुन खुशी मा दीप प्रज्वलन गरु सरकार?म सन्सार भर बाट नेपाल फर्कन पाऊ भनी बिन्ती बिसायका आफ्नै दाजुभाई तथा दिदीबहिनीहरुको पिडा मा दिप बाल्न सक्दीन।मलाई माफ दिनू सरकार भोको पेट लाई गास चाहिएको छ,प्रदेशी हरु लाई देस चाहिएको छ दिप होइन।म कुन खुशी मा दिप बालु सरकार????

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार