कुलचन्द्र शर्मा
अहिले हरेक नागरिकको मनमा उब्जिएको प्रश्न हो यो । के समाजमा मौलाएको वितृष्णा,भेदभाव,रिसिवी आदिको मुख्य कारण राजनिती हो त ? हो यो सबैको मुख्य कारण राजनिती नै हो । राजनितीबाट छिटै सफलता हासिल गर्न सकिन्छ भन्ने मानिसिकता हावि हुनुको प्रतिफल हो । ठूला संगठनको सदस्य भएपछि भष्ट्रचार गर्न छुट,गुण्डागर्दी गर्न छुट हुन्छ भन्ने सोचको प्रवल विकसित हुनु हो । यस्तो सोचलाई विकसित हुन सहयोग गर्ने भनेकै पुँजिवादि दलाल संगठनहरु हुन । संगठनमा अनुशासनको कुरालाई सहि तरिकाले पालन नगर्दा र नगराउदाको प्रतिफल भनेकै संगठनमा सिद्धान्त भन्दा पदको लागि गृहयुद्द हुनु हो , त्यसैको ज्वलन्त उदाहरण हुन एमाले,माओवादी,काङ्ग्रेस,जसपा पार्टी । संगठनमा लामो समय देखि इमानदारीताका साथ काम गरेका कार्यकर्ता र अवसर खोज्दै आएका कार्यकर्तालाई सहि तरिकाले चलायमान गराउन नसकेमा संगठनले ठूलो दुर्घटना व्यवहर्नु पर्छ । कार्यकर्ताको सहि मुल्याङ्कन संगठनको नेतृत्व पंक्तिले सहि गर्न सक्नु पर्छ । सामुहिक निर्णय र व्यक्तिगत कामको जिम्मेवारी लिनु नै संगठनप्रतिको इमानदारिता देखाउनु हो । जातिय विभेद अन्त्य हुन नसक्नुको मुख्य कारण भनेकै यिनै ठुला संगठनहरु हुन । जातिय विभेदको मुद्दा यिनीहरुको घोषणा पत्रमा मात्रै सिमित रहनु मुख्य कारण हो । यिनीहरु सँग जातिय विभेद अन्त्यका लागि कुनै ठोस एजेण्डा नै छैन । तर पनि आफुलाई प्रजातन्त्रवादी र लोकतन्त्रवादी भनेर चिनाउनमा हाडबाजी छ ।
संगठनमा आपसि मतभेद हुनु कुनै नौलो कुरा होइन । तर त्यस्तो मतभेदलाई लिएर व्यक्तिगत चरित्रहत्या गर्नु मुर्खता हो । मतभेद भनेको त सहि काम र सहि निती बनाउनको लागि उब्जिएको सामान्य विवाद मात्रै हो । आफ्नो इतिहास भुलेर अरुलाई आरोप लगाएर तृच्छ व्यवहार गर्नु भनेको आफ्नो नैतिकता गुमाउनु हो । अरुलाई त्यति सम्म मात्रै आलोचना गर्नु पर्छ, जति आफुले सोही कुरा सहन सकिन्छ । राजनितीक दलहरुले अनुशासनलाई सहि तरिकाले चलायमान गर्न नसक्नु नै सबैभन्दा ठुलो बिडम्बना हो । त्यसैको उपलब्धि हो, नेतृत्व पंत्तिको खेदो खनेर आफु क्रान्तिकारी देखिने प्रवृत्तिको विकास भएको । अनुशासनको पालना नगर्ने मानिस न त आफु सहि तरिका बाँच्न सक्छ न त परिवार सहि तरिकाले चलाउन सक्छ न त कुनै सामाजिक कामको नेतृत्व गर्न सक्छ । पृथ्वीमा जन्म लिई सकेपछि समाज र देशको लागी कुनै काम लाग्न नसक्नु भनेकै पृथ्वीको बोझ मात्रै हो ।