कार्तिक २६, बुटवल । रक्तिम सांस्कृतिक अभियानका गीतमा सुमधुर महिला स्वर दिने गायिका लक्ष्मी गुरुङको निधन भएको छ । गुरुङको उपचारकै क्रममा रुपन्देहीको यूनिभर्सल मेडिकल कलेज अफ भैरहवामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
लामो समयदेखि दमको रोगी ६० वर्षीया गुरुङलाई उपचारका लागि बिहीबार भैरहवा मेडिकल कलेजमा लगिए पनि दम र निमोनियाका कारण मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । कास्की जिल्ला भदौरेमा जन्मिएकी उनले वि.स. २०४७ सालदेखि रक्तिम परिवारमा आवद्ध भएर जागरणका गीत गाउँदै आएकी थिइन् । बुटवल चाँदबारीमा घर भएकी उनले रक्तिम जनगिती यात्रा भाग ४ बाट निरन्तर स्वर दिँदै आएकी थिइन् ।
झण्डै ४ दर्जन गीतहरु गाइसकेकी गुरुङका ‘यो मेरो जिवन’, ‘नेपाली माटोमा फुलेको फुल’, ‘परदेशीको सपना’, ‘सामान्तले नौ जाल वुन्छ’ लगायतका बोलहरु चर्तित छन् । उनी राष्ट्रिय जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय सल्लाहकार हुन् ।
गुरुङलाई राष्ट्रिय जनमोर्चाले शुक्रबार बिहान झण्डा ओढाएर सम्मानसहित बुटवल हिलपार्क स्थित गुरुङ डाँडामा श्रद्धाञ्जलीसहित अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।