को हुन टि आर पाण्डे ?

कपिलवस्तुका जनताका लागी यो नाम नौलो भने पक्कै होइन । आज भन्दा करिब ६ वर्ष पहिले काँग्रेस निकट नेविसंघको विद्यार्थी राजनिती मार्फत आफ्नो राजनैतिक यात्राको सुरुवात गरेका टि आर भनिने तिलकराम पाण्डे युवाहरुका माझमा अत्यान्तै प्रिय छन ।
समाजिका काम मार्फत सबैको मन जित्न सफल टि आर आगो नबल्नेको घरमा दाउरा लिएर पुग्छन् कहिले भाग्य बोक्ने झाला र भाग्य लेख्ने कापि लिएर अनाथ र असायको घरमा पुग्छन । कहिले समाजमा रहको फोहोर सफाइको अभियान आफै बाट सुरु गर्नु पर्छ भन्ने अभियान सहित झाडु लीएर सडकमा निस्किनछन त कहिले हरियाली सहर बनाउन बृक्षरोपण गर्दै हिड्छन् । राजनितीमा युवाको अग्रसर्ता हुनु पर्छ भन्ने विचार धारा बोक्ने टि आरले यतिबेला काँग्रेको आसन्न महाधिवेशनमा लुम्बिनी प्रदेश प्रतिनिधिमा उमेदवारी दिएका छन ।
मङ्सिर ३ गते हुने प्रतिनिधि छनौट निर्वाचनमा पाण्डेले खस आर्यबाट आफ्नो उम्मेदवारी दिएका छन् । २५ बर्षिय पाण्डेले पार्टीमा युवाहरुको सहभागिता बढाउन र उनीहरुको प्रतिनिधित्व गर्न आफु प्रदेश अधिवेशनको प्रतिनिधि बन्न चाहेको बताएका छन् ।
उनी काँग्रेसको प्रदेश प्रतिनिधिका लागि लुम्बिनी प्रदेशकै कान्छो उम्मेदवार रहेको नेविसंघ कपिलवस्तुका नेता हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार