काङ्ग्रेस अधिवेशन: अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् ।
पाैडेल पक्षिय मानिएका श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षिय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस अर्घाखाँचीको१४ औं अधिवेशनबाट निकटतम प्रतिद्वन्दी ईन्द्रमणि पाैडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् ।
केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पाैडेलले ३५२ मत प्राप्त गरेका छन् । त्यस्तै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ ।
गएराती सम्पन्न निर्वाचनमा कुल १४३८ मतदाता मध्ये १४२१ मत खसेको थियो ।
निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिती सदस्य केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पाैडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेविच सभापति पदमा निर्वाचन भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार