भुमिकास्थान नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दै, ५१ वटा प्रश्नको उत्तरबाट सुझाव लिने अभियानमा

टेकराज भुसाल
मंसिर ९ अर्घाखाँची । समुदायमा लोप हुन लागेका भाषा,सस्कृती,ज्ञान र प्रविधिको पुस्तान्तरणको निम्ति स्थानीय पाठ्यक्रमको खाचो रहेको सरोकारवालाले बताएका छन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमको लागि सुझाव दिने सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
स्थानीय पाठ्यक्रम निर्माणको निम्ति नगरपालिकाले गठन गरेको कार्यदलले नगरपालिकाका १० वटै वडामा सरोकारवालासंग सुझाव संकलन कार्यलाई तिब्र पारेको नगरशिक्षा शाखा प्रमुख तुवलाल सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज वडा नम्बर १ र २ को विश्व मा.वि.ढाकावाङ,५ र ६ को जनप्रीय मा.वि.असुरकोट र ९ र १० को भगवती मा.वि.डेभामा अन्तरक्रिया गरि सुझाव संकलन गरिएको छ ।
कार्यदलका सदस्य तथा विश्व मा.वि.का पुर्व प्र.अ.खडका बहादुर थापाको सहजीकरणमा ढाकावाङ्गमा सम्पन्न कार्यक्रममा भुमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापा, भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ का वडा सदस्यहरु विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक,विद्यार्थी प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
स्थानीय पाठ्यक्रम निर्माणको लागि भुमिकास्थान नगरपालिकाले ५१ वटा प्रश्नको उत्तरबाट सुझाव लिने गरि अभियान चलाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार