अहिलेको अस्तव्यस्तता र अराजकता राजनीतिक पार्टीकै कारण हो: राजमो अध्यक्ष केसी

मंसिर १० चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देखिएको अस्तव्यस्तता र अराजकता दलहरुकै कारण भएको बताएका छन्।
नेकपा (एमाले) को चितवनमा सुरु भएको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै केसीले यस्तो बताएका हुन्।
‘मुलुक जसरी अघि बढ्नुपर्ने हो त्यस्तो छैन। न्यायपालिका, कार्यपालिका र संसदभित्र अस्तव्यस्तता र अराजकता छ’, केसीले भने, ‘गणतन्त्र र धर्मनिरपेक्षता हामीले ल्यायौं भनेर भन्छौं । यदि त्यसो हो भने अहिलेको अस्तव्यस्तता र अराजकताको जिम्मा पनि हामीले लिनुपर्छ। एकअर्कालाई दोष लगाएर उम्किने प्रयास गर्नुहुन्न।’
उनले राजनीतिक दलका नेताहरु नसुध्रिएसम्म व्यवस्था नसुध्रिने बताए। ‘हामीले बाह्य शक्तिलाई दोष लगाउँछौं केसीले भने, ‘हामी एकअर्कालाई खुइल्याउने अनि बाहिरकाले खेल्छ त ! त्यहि खोजिरहेका छन्।’
उनले सबै कम्युनिष्ट एक भए हुन्थ्यो भन्ने जनताले चाहे पनि व्यवहारमा त्यसो नहुने बताए। नेपालको कम्युनिष्ट आन्दोलनमै सबैभन्दा बढी तितोपिरो रहेको उनको भनाइ थियो।
समस्याका बाबजुद बाम आन्दोलन लगातार अघि बढिरहेको भन्दै उनले भने, ‘प्रजातान्त्रिक शक्ति र बाम शक्तिहरु एकता नभएको भए प्रजातान्त्रिक आन्दोलन सफल हुने थिएन।’

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार