प्युठानको गौमुखीमा निशुल्क आँखा शिविर सञ्चालनमा

जुमान सिंह केसी
मंसिर १६ प्युठान । प्युठानको गौमुखी गाउपालिकाको ठुलाबेसिमा दुई दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ।

नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल दाङको आयोजना तथा प्राविधिक सहयोग र डाक फाउन्डेसनको आर्थिक सहयोगमा र गौमुखी गाउँपालिका प्युठान स्थानीय आयोजकको रुपमा शिविर संचालन गरिएको हो।

शिविरमा पहिलो दिन आज ३२३ जनाकाे चेकजाँच, ३५ जना मोतिबिन्दु भएका र ५ जनाकोसामान्य सल्यक्रिया गरि ४० जनाको सल्यक्रिया गरिएको छ।

दुर्गम र उपचारमा पहुँच नपुगेका ब्यक्तिलाई सेवा पुर्याउने र अन्धोपन न्यूनीकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको शिविरको नेतृत्व गरि आउनु भएका डा.सन्तोष सुबेदीले बताउनु भयो।

सेवा सुबिधाको हिसाबले दुर्गम गाउँमा रहेका साथै आर्थिक बिपन्न र गरिबीको रेखामुनि रहेका ब्यक्तिलाई सहजरुपमा उपचार दिनको लागि गौमुखी गाउँपालिकाको समेत पहलमा शिविर संचालन गरिएको स्वास्थ्य साखाका केशव ब. के सीले जानकारी दिनु भयो।
शिविर आज र भाेली गरि २ दिन सञ्चालन हुने बताइएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार