सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न

मङ्सिर २८, बागलुङ। वेरोजगारसँग रोजगार, उत्पादनसँग बजार र आर्थिक अभावसँग सिवाइसी लघुवित्त भन्ने मुल नाराका साथ बडिगाड गाउपालिका वडा नम्बर ५ स्थित राधाकृष्ण मन्दिरको प्रङगणमा बित्तिय साक्षरता तालिम तथा वडा स्तरीय सञ्जाल बैठक सम्पन्न भएको छ।

कार्यक्रममा बडिगाड गाउपालिका वडा नं ५ अन्तर्गत केन्द्र नम्बर ६१का केन्द्र प्रमुख क्याप्टेन,जेष्ठनागरिक चन्द्रबहादुर थापाले अध्यक्षता को रुपमा बोल्दै संस्था ले बिभिन्न समय मा बिभिन्न तालिमहरु को माध्यमबाट सदस्यहरुलाइ सक्रिय गराएको र साहुकाे चर्काे ब्याजदरमा परेका र व्याक्तिले ऋण नपत्याउने सदस्यहरुलाइ सहुलियत भएको कुरा बताउनु भएको थियो।

उक्त कार्यक्रमले साबित्रा आचार्यकाे अध्यक्षतामा १५ सदस्यीय वडा सञ्जाल गठन गरिएको छ।

साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ता को रुपमा उधमि सदस्य श्री ओमा घिमिरे, उत्कृष्ट बालबचतकर्ताकाे रुपमा केन्द्र नम्बर ७४ की उधमी सदस्य श्री मन्जु आचार्य,उत्कृष्ट पेवा बचतकर्ताकाे रुपमा केन्द्र नं ७४कै सदस्य श्री साबित्रा कुमारि आचार्य,र सदस्य थपमा सहयोग पुर्‍याउने केन्द्र नम्बर ३३कि सदस्य श्री कमला थापा लाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमकाे स्वागत मन्तव्य कर्मचारी भानुभक्त पाैडेलले गर्नु भएको थियो भने सन्चालन कर्मचारी अमृता अधिकारीले गर्नु भएको थियो वित्तीय साक्षरता को सहजिकरण कर्मचारी तबिता थापा र शाखा प्रमुख सुबास नेपालीले गर्नु भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार