कोरोना संक्रमण बड्दै जादा गुल्मिको धुर्कोट गाउपालिका वडा न ५ बस्तुमा लकडाउन खुकुलो बन्दै

बैशाख २७ गते, गुल्मी गुल्मिको धुर्कोट गाउपालिका वडा न ५ बस्तु मा लकडाउन सुरुवाती समय मा एकदमै टाइट रहेको थियो । लकडाउनको सुरुवाती समय मा वस्तु निकै चर्चा मा रहयो गाउपालीका भरिमा कडाइ गर्ने पहिलो वडा बन्यो । स्वयंसेवक खटाइयो पसल व्यवसाय पुर्ण रुपमा बन्द गरियो मानिस पनि निकै अनुसासित देखिए । बाहिर वाट आएको लाई क्वारेन्टाइन मा नि राखियो । हाल बस्तु मा लकडाउन छ छैन केही थाहा छैन । मानिस चोक चोक मा भेला भएका छन । वस्तुको साबिकको वडा न ६ अमराइमा दलित वस्ती छ । त्यहा का मानिस एकै ठाउमा जम्मा भएको देखिन्छ स्वयंसेवक पनि कता छन अतो पतो छैन । पानीको धाराम पनि २०/२२ जना जम्मा भएको देखिन्छ । अहिले नेपाल मा कोरोना संक्रमिण दिन प्रती दिन बडि रहदा वस्तुमा भने लकडाउनको कुनै प्रभाव छैन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार